सुनसरी, मंसिर १८
इटहरीमा एक महिलाको खुकुरी प्रहार गरी हत्या भएकाे छ ।
इटहरी वडा न.२ शान्ति नगर स्थित राई टोलमा बसोबास गर्दै आएकी ६५ वर्षीय मधुमाया पुरीको हत्या भएको हो ।
सोही ठाउँमा बसोबास गर्दै आएका ४० वर्षीय वर्षीय सन्तोष राईले खुकुरी प्रहार गरी पुरीको हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।
खुकुरी प्रहार गरी गम्भीर घाइते भएकी मधुमायाको स्थानीय सामुदायिक अस्पताल तरहरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयाे । खुकुरी प्रहार गर्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेककाे छ ।
१७ मङ्सिर २०८०, सोमबार ०४:२१ मा प्रकाशित