सुनसरी, साउन
११
सुनसरीकाे भेडेटारमा निर्माण गरिएको स्काईवाक आज देखी सञ्चालनमा आएको छ । कोसी प्रदेशकाे लगानी तथा धनकुटाको साँगुरीगढी
गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा निर्माण गरिएको स्काईवाक
आजबाट सञ्चालनमा आएको हो । चार बर्षअघिदेखि स्काईवाक निर्माण गर्न
थालिएको थियो । तत्कालिन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको पालामा सम्झौता
भई स्काई वाक निर्माण शुरु भएको थियो । यो स्काई करिब २० करोड लगानीमा निर्माण
भएको छ । वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले २० करोड लगानीमा निर्माण गरिएको
परियोजनाको कार्यकारी निर्देशक सञ्जिव रोक्काले जानकारी दिनुभएकाे छ ।
धनकुटा र सुनसरीको सीमा स्थलमा रहेको भेडेटार
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र मानिन्छ । स्काईवाक सञ्चालनबाट त्यस
स्थानको थप आकर्षण बढ्ने परियोजनाका कार्यकारी निर्देशक सञ्जीव रोक्काले जानकारी
दिए । परियोजना सञ्चालनका लागी कोसी प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि
अनुमति दिएको जनाइएको छ ।स्काईवाकको कोसी प्रदेशका मुख्यमन्त्री
हिकमत कार्कीले उद्घाटन गर्नुभएकाे छ । ५०
मिटर लम्बाइ रहेको स्काईवाक क्यान्टलिभिर टावरको मोडलमा निर्माण भएको परियोजना
निर्देशक रोक्काले बताए । एक पटकमा दुई सय जना हिँड्न सकिने उक्त स्काईवाकको उचाइ
१ सय,
चौडाइ ४ मिटर र घुम्तीमा १० मिटरको रहेको जनाइएकाे छ ।