कोशी प्रदेश : नीति तथा कार्यक्रममा कांग्रेस सहभागी हुने

Jhalkonepal
विराटनगर , जेठ २१
कोशी प्रदेश सरकारले सोमबार ल्याउने नीति तथा कार्यक्रममा नेपाली कांग्रेस सहभागी हुने भएको छ। सरकार गठनसम्बन्धी विवादको मुद्दा किनारा नलाग्दै प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार ल्याउने भए पनि कांग्रेसले सहभागी जनाउने भएको हो 
नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कांग्रेसका केदार कार्की नेतृत्वको सरकार छँदाछँदै संकल्प प्रस्ताव पारित गराएर सरकार विस्थापनको असंवैधानिक प्रयास भएको भन्दै कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार गर्दै आएको थियो ।

प्रदेशसभामा प्रदेश प्रमुख परशुराम खापुङले सोमबारको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ। सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीका अनुसार परिषद्ले आइतबार आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रतिक्रिया