काठमाण्डौ , फागुन ३०
हङकङमा जारी त्रिकोणात्मक टी-२० शृंखलाको फाइनलमा नेपालले पपुवा न्यू गिनी विरुद्ध टस जितेको छ । नेपालले टस जितेर पहिले फिल्डिङको निर्णय गरेका हुन् ।
नेपाली टोलीमा आज कुनै परिवर्तन गरिएको छैन । हिजो पपुवा न्यू गिनी विरुद्धको जितमा खेलेको प्लेइङ ११ लागि नै निरन्तरता दिइएको छ ।
नेपालले मंगलबार सम्पन्न खेलमा पिएनजीलाई ८५ रनको फराकिलो अन्तरले
हराउँदै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै पिएनजीले हिजो नै भएको दोस्रो खेलमा
हङकङमाथि १० विकेटको जित दर्ता गर्दै नेपालसँग फाइनल भेट पक्का गर्यो । नेपाल र
हङकङबीच भएको पहिलो खेल भने वर्षाले पूरा हुन नसक्दा अंक बाँडिएको थियो ।
२९ फाल्गुण २०८०, बुधबार १२:११ मा प्रकाशित