महिला टी २० विश्वकपको उपाधि न्युजिल्यान्डलाई

Jhalkonepal

काठमाडौं, कार्तिक ५ 

न्युजिल्यान्डले नवौं संस्करणको महिला टी २० विश्वकपको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले हराएको हो। न्युजिल्यान्डले १५९ रनको विजयी लक्ष्य दिएको जवाफमा दक्षिण अफ्रिकाले १२६ रन मात्रै बनाएको थियो।

योसँगैं महिला टी २० विश्वकपमा न्युजिल्यान्ड चौथो टिमको रूपमा च्याम्पियन बनेको छ। यसअघि अस्ट्रेलियाले ६ पटक उपाधि जित्दा इंग्ल्यान्ड र वेस्ट इन्डिजले एक एक पटक उपाधि जितेका हुन्।

लगातार दोस्रो फाइनल खेलेको दक्षिण अफ्रिकाले भने यसपटक पनि उपाधि जित्न सकेन। गत विश्वकपको आयोजना दक्षिण अफ्रिकाले नै गरेपनि फाइनलमा अस्ट्रेलियासँग टिमले पराजयको सामना गर्नुपरेको थियो।

 

प्रतिक्रिया