ठुलो लक्ष्य पुरा गर्दै नेपालले वेष्टइन्डिजलाई ४ विकेटले पराजित गर्यो : कप्तान रोहित पौडेलको शतक

Jhalkonepal

काठमाण्डौं, बैशाख १५

पहिलो टि२० क्रिकेटमा नेपालले वेष्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको छ । वेष्ट इन्डिज एले दिएको २०५ रनको लक्ष्य नेपालले २ बल बाकी छदौ पुरा गर्यो । २०५ रनको विशाल लक्ष्य पछ्याउने मैदानमा उत्रिएको नेपालले कप्तान रोहितकुमार पौडेलको ११२ रनको मद्दतमा विजय लक्ष्य पुरा गर्यो ।  रोहितले ५४ बलको सामना गर्दै ६ छक्का प्रहार गरि ११२ रन बनाए । जितको लागि १३ रन आवश्यक भएको बेलामा रोहित आउट भए पछि आएका प्रतिस जिसीले पहिलो बलमा ४ रन प्रहार गरि अन्तिम ओभरमा ९ रनको आवश्थामा पुगाए । अन्तिम ओभरको पहिलो ४ बलमा गुलशन झाले दुइ चौका प्रहार गरि टिमलाई जित दिलाए । नेपाललाई जित दिलाउने क्रममा, दिपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेलले १६ र कुशल मल्लले १६ रनको योगदान गरेका थिए । 

यस अघि नेपालले टस जितेर बेष्टइन्डिजलाई पहिले ब्याटिंग गर्ने निम्तो दिएको थियो । वेष्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको थियो । वेष्ट इन्डिजका रोष्टन चेजको ७८ र एलिक एन्जेजको ४७ रनको मद्दतमा ठुलो स्कोर बनाएको हो । वेष्टइन्डिजका केस कार्टेले ३८ रनको योगदान गरे । नेपालका तर्फबाट कमल ऐरी, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अविनास बोहराले १,१ विकेट लिएका थिए । 

टि २० क्रिकेटमा नेपालले पुरा गरेको यो सबैभन्दा ठुलो लक्ष्य हो । 


प्रतिक्रिया