वीरगन्ज, असोज १२
वीरगन्जको वीर्ता स्थित बाल सुधार गृहबाट दुई जना भागेका छन् । कर्तव्य ज्यान मुद्दा र जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका उनीहरूलाई आचरण सुधारका लागि बाल सुधार गृहमा राखिएको थियो । आज बिहान चार बजेतिर छतबाट हाम फालेर भागेको बाल सुधार गृहका होस्टेल वार्डेन कृष्ण प्रसाद साह गोंढले जानकारी दिनुभयो । उनीहरूको खोजीका लागि प्रहरीलाई जानकारी गराई सकिएको पनि उहाँले बताउनुभयो । केही दिन पहिला सोही सुधार गृहमा बालकैदिबिच तनाबको स्थिति भएको थियो ।
११ असोज २०८०, शुक्रबार ११:२९ मा प्रकाशित