काठमाडौं, बैशाख ७
एसीसी प्रिमियर कप
क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भए सँगै एशिया कप खेल्ने सपना समाप्त
भएकाे छ ।
आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले हरायाे । साविक विजेता नेपाललाई हराउँदै यूएई एसीसी
प्रिमियर कपकाे फाइनलमा पुगेकाे हाे । याेसँगै एसिया कपमा भारत, पाकिस्तानसँग खेल्ने नेपालकाे सपना समाप्त भएकाे छ ।
नेपालले दिएकाे १ सय २० रनकाे सामान्य लक्ष्य यूएईले १७ ओभर २ बलमा ४
विकेट गुमाएर भेटायाे । यूएईका अलिशान शरफुले नट आउट ५५ रन बनाए । नेपालका गुल्सन
झाले २ तथा साेमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए ।
यस अघि ओमानकाे अल अमिरातमा टस हारेर ब्याटिङ गरेकाे नेपालले २०
ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनायाे । नेपालका
सन्दीप जाेराले अर्धशतक बनाए । सन्दीप ४० बलमा ५० रन बनाएर आउट भए । यस्तै गुल्सन
झाले २०, करण केसीले १७ रन बनाए । यसैगरी कुशल भुर्तेल
पहिलाे बलमै आउट भए । अन्य ५ जना ब्याटरले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् ।
यूएईका जुनैद सिद्दिकी, अली नसीर र बसिल हमीदले समान २ विकेट
लिए ।
एसीसी प्रिमियर कपकाे दाेस्राे सेमिफाइनलमा आजै ओमान र हङकङ खेल्दैछन् । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे शुरु
हुनेछ । अब नेपालले तेस्राे स्थानका लागि भाेलि खेल्नेछ । फाइनल खेल आइतवार हुनेछ
। यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।