काठमाडौँ, कात्तिक ५
साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को खेलमा भुटानले
श्रीलङ्कालाई सजिलै हराएको छ ।
दशरथ रङ्गशालामा सोमबार भएको खेलमा
भुटानले श्रीलङ्कालाई ४–१ गोलले हरायो । भुटानलाई जिताउन देकी लाजोमले दुई तथा
देर्जी एडोन र नामगेल देमाले एक एक गोल गर्नुभयो ।
श्रीलङ्काका लागि कप्तान थुशानी
मदुसीकाले सान्त्वना गोल गर्नुभयो । जितसँगै समूहमा दुई खेलबाट चार अङ्क
बनाएको भुटान शीर्षस्थानमा छ । भुटानले पहिलो खेलमा नेपाललाई गोलरहित बराबरीमा
रोकेको थियो । श्रीलङ्काले समान खेलबाट तीन अङ्क बनाएको छ ।
एक खेल खेलेको नेपालको एक नै अङ्क छ ।
माल्दिभ्सले अङ्कको खाता खोल्न सकेको छ । समूहको अर्को खेलमा सोमबार (आज) साँझ
नेपाल र माल्दिभ्सबिच प्रतिस्पर्धा हुनेछ ।
४ कार्तिक २०८१, सोमबार ०४:५९ मा प्रकाशित