काठमाण्डौं, बैशाख ७
आइपिएल २०२४ को हिजो राति भएको खेलमा मुम्बइले पन्जाबलाई ९ रनले पराजित गरेको छ । टस जितेर पहिले फिल्डिंग राजेको पन्जाबले मुम्बईलाई रोक्न नसके पछि निर्धारित २० ओभरमा मुम्बइले १९२ रन बनाएको थियो । मुम्बईको लागि सुर्य कुमार यादवले सर्वाधिक ७८ रन बनाए । यस्तो रोहित शर्माले ३८, र तिलक बर्माले ३४ रन बनाए । पन्जाबका लागि हर्सल पटेलले ३ र सेम करनले २ विकेट लिए भने कसिगो रबाडाले १ विकेट लिए ।
१९३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पन्जाबको शुरुवात निकै खराब रह्यो । १४ रन जोड्दा पन्जाबले आफ्ना महत्वपूर्ण ४ विकेट गुमाएको थियो । पहिलो पावर प्लेमा दवाबमा रहेको पन्जाबलाई ससांक सिंह र आषुतोष शर्माले खेलमा फर्काएका थिए । एक समय जित सहज देखिएको अवस्थामा पुगे पछि पन्जाबले ५ बल बाकी छदै अल आउट भएपछि खेल गुमाएको थियो । ससांक सिंहले ४१ र आषुतोष शर्माले ६१ रनको आक्रमक पारि खेलेका थिए । यस्तै हरपित बाबरले पनि २१ रन जोडेका थिए । मुम्बइका लागि गेराल्ड कोट्जे र जसप्रित बुमराहले ३,३ विकेट लिए भने आकास मदबल, हार्दिक पाण्ड्या र श्रेयस गोयलले १,१ विकेटको योगदान गरे ।
यो जितसंगै ७ खेल खेलेको मुम्बइले ३ जितका साथ ६ अंक जोडेर अंक तालिकामा आफ्नो स्थान सुधारेको छ । मुम्बइ ७ खेल पछि सातौ नम्बरमा उक्लिएको छ भने पन्जाब ७ खेलमा ४ अंकका साथ नवौ स्थानमा झरेको छ ।