काठमाडौँ, कात्तिक २८
बुधबार सेयर बजारको परिसूचक नेप्से १४.१२ अंक घटेको छ।
सो अंकको कमीपछि २७३४ मा कायम भएको छ। बजारको अंक घट्दा कारोबार
रकम केही बढेको छ। अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९१
करोडको भयो।
९९ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ७ को स्थिर रह्यो।
फाइनान्समा लगानीकर्ताको आकर्षण देखिएको छ। समग्र बजार घट्दा यो सेक्टर ४.२
प्रतिशत बढ्यो।
त्यस्तै विकास बैंक १.४७ र हाइड्रोपावर सूचक ०.८१ प्रतिशत बढे।
बैंकिङ १.३७, होटल तथा
पर्यटन ०.०६, लगानी
१.११, जीवन
बीमा १.१९, उत्पादन
०.९६, माइक्रोफाइनान्स
०.३७, निर्जीवन
बीमा १.२३, अन्य
०.८३ तथा व्यापार समूह १.६१ प्रतिशत घटे।
सप्तकोशी
विकास बैंक, सिर्जनशील
लघुवित्त, मकर
जितुमाया सुरी हाइड्रोपावर, पोखरा
फाइनान्स र समृद्धि फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो। रावा इनर्जीको ९.९१, बलेफी हाइड्रोपावरको ९.८८, सपोर्ट माइक्रोफाइनान्सको ९.१५
प्रतिशत मूल्य बढ्यो।