आज सुन स्थिर

Jhalkonepal

काठमाडौ , बैशाख १९

आज सुनको मूल्य स्थिर छ। हिजो एकै दिनमा चार हजार ६ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको मूल्य आज प्रतितोला एक लाख ८३ हजार पाँचसय रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको हो। आज चाँदीको मूल्य भने बढेको छ। चाँदी आज प्रतितोला एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भइरहेको  छ। 

प्रतिक्रिया