सुभेष सिनाल,
काठमाण्डौं, माघ २२
भारत र इंग्लैण्ड विचको दोस्रो टेष्ट भारतले १०६ रनले जितेको छ । टेष्टको चौथो दिन इंग्लैण्डले आफ्ना सबै विकेट गुमाउदा लक्ष्य भन्दा १०६ रनले पछि पर्यो । यस अघि भारतले पहिलो पारीमा ३९६ रन बनाएको थियो भने, इंग्लैण्डले पहिलो पारीमा २५३ रनमा आफ्ना सबै विकेट गुमाएको थियो पहिलो पारीमा १४३ रनको अग्रता लिएको भारतले दोस्रो पारीमा २५५ रन जोडेर इंग्लैण्डलाई ३९९ रनको लक्ष्य दिएको थियो । तर दोस्रो पारीमा २९२ रन बनाउदा इंग्लैण्डले आफ्ना सबै विकेट गुमाएर नतिजा भारतलाई सुम्प्यो ।
भारतको तर्फबाट पहिलो पारीमा यसस्वी जैसवाललले दोहरो सतक बनाउदै २०९ रनको योगदान गरे । यस्तै दोस्रो पारीमा सुभमन गिलले सतकिय पारी खेल्दै १०४ रन जोडेर भारतलाई विशाल स्कोर सम्म पुगाएका थिए । पहिलो पारीमा ६ र दोस्रो पारीमा ३ गरि जम्मा ९ विकेट लिएका भारतका जसप्रित बुमराह म्यान अफ दी म्याच भएका छन ।
भारतको जितसंगै ५ म्याचको श्रृखंला १(१ को बराबरीको अवस्थामा पुगेका छ । यस अघि पहिलो टेष्टमा इंग्लैण्डले भारतलाई पराजित गरेको थियो । दुबै देश विच तेस्रो टेष्ट गुजरातको राजकोटमा फरवरी १५ तारिखमा शुरु हुनेछ ।