काठमाण्डौं, बैशाख १३
आइपिएल २०२४ को हिजो राति भएको खेलमा दिल्लीले गुजरातलाई ४ रनले पराजित गरेको छ । दिल्लीले दिएको २२५ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले ८ विकेट गुमाएर २२० रन मात्र बनाउन सक्यो । टस हारेर पहिले ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा कप्तान रिसब पन्तको नट आउट ८८ रनको मद्दतमा ४ विकेट गुमाएर २२४ रन बनाउन सकेको थियो । जसमा जेक मक्रुगको ६६ र ट्र्स्टिन स्टबको ७ बलमा २६ रनको पनि योगदान रहेको थियो । गुजरातका संदिप बरियरले ३ विकेट लिएका थिए भने नूर अहमदले १ विकेट लिए ।
२२५ रनको लक्ष्य पछ्याएको गुजरात जितको नजिक पुगेर पनि लक्ष्य भने पुरा गर्न सकेन । २० ओभर सकिदा ८ विकेट गुमाएर गुजरातले २२० रन मात्र बनाउन सक्यो । गुजरातको लागि साइ सुर्दशनले सबैभन्दा वढि ६५ रन बनाए । यस्तै डेभिड मिलरले ५५ र बरिदमान शाहले ३९ तथा रसिद खानले २१ रन जोडे । दिल्लीका रसिख सलामले ३ विकेट र कुलदिप यादवले २ विकेट लिए भने एनसिर नोर्टजे, मुकेश कुमार र अक्सर पटेलले १,१ विकेट लिए ।
जितसंगै दिल्ली ९ खेलमा ८ अंक सहित अंकतालिकाको पाचौ नम्बरमा उक्लिएको छ, भने गुजरात छैटौ नम्बरमा झरेको छ । राजस्थान रोयल्स ८ खेलमा १४ अंक जोडेर तालिकाका शिर्ष स्थानमा कायम रहेको छ । अंकतालिकामा कोलकत्ता दोस्रो, हैदरावाद तेस्रो र लखनउ चौथो स्थानमा रहेका छन ।
प्रतियोगितामा आज हैदरवाद र बैग्लुरुका विच खेल हुनेछ ।