विराटनगर, जेठ ८
मोरङ कारागारमा रहेका एक जना कैदीको मृत्यु भएको छ । लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो । अचानक बेहाेस भएका थापाकाे उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । लगत्तै चिकित्सकले मृत घोषित गरेकेकाे जिल्ला कारागार मोरङका जेलर चेतराज बरालले बताउनुभयाे ।
७ जेठ २०८१, मङ्गलबार ०५:०९ मा प्रकाशित