गुल्मीकाे इस्मा गाउँपालिकामामा सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा दुईजना घाइते

Jhalkonepal

गुल्मी, बैशाख ८ 

गुल्मीकाे इस्मा गाउँपालिकामामा डढेलोमा परेर दुईजना घाइते भएका छन् । सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा १५ वटाभन्दा धेरै घरगोठ पनि जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर २ को सामुदायिक वनमा ठूलो डढेलो लागिरहेको छ ।

डढेलोका कारण एकजना ट्याक्टर चालक र एकजना डोजर चालक घाइते भएका गुल्मीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले जानकारी दिनुभयो । डढेलो बस्तीमा पस्दा अहिलेसम्म १५ वटा घर, पसल र गोठ जलेका छन् ।

आगो निभाउन कोशिस गरे पनि निकै ठूलो भएको र हुरी चलिरहेका कारण निभाउन समस्या भएको डीएसपी पोख्रेलले बताउनुभएको छ । गुल्मीका अरू चार ठाउँमा पनि ठूलो डढेलो लागेको छ । 

प्रतिक्रिया