झापा, असार ८
झापाको मेचीनगर नगरपालिका–१५ मा आज
बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ । अन्य दुईजना
गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाको अनुसार
दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको हो ।
मेचीनगर–१५ लालझोडास्थित भित्री सडक
खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको
मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो । मोटरसाइलकमा तीन
जना सवार थिए । दुर्घटनामा घाइते मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही
स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
८ असार २०८१, शनिवार १०:२६ मा प्रकाशित