आज जनतासँग माओवादी तीन महिने अभियानको उद्घाटन हुदै

Jhalkonepal

काठमाडौं ,भदौ १६  

सत्तारुढ नेकपा माओवादी केन्द्रले आजदेखि  जनतासँग माओवादी  नामक तीन महिने अभियान सुरु गर्ने भएको छ । माओवादीले विशेष रुपान्तरण अभियान अन्र्तगत  देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी  विशेष रुपान्तरण अभियान सुरु गर्न लागेको हो । यस कार्यक्रम अन्र्तगत शीर्ष नेताहरू पनि वडावडामा पुग्ने कार्यक्रम छ ।भियानको सुरूवात अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको चन्द्रागिरि नगरपालिका २ बाट गर्दैहुनुहुन्छ । 

त्यहीँबाट प्रचण्डले भर्चुअल माध्यमबाट देशका सबै वडामा एकसाथ अभियानको उद्घाटन गर्नेकार्यक्रम छ ।  तीन महिनासम्म चल्ने अभियानमा माओवादीका अध्यक्षदेखि प्रदेश पदाधिकारीसम्मका नेता कार्यकर्ता प्रत्येक वडामा जाने र सरकारले गरिरहेका काम तथा माओवादीको योजनाका बारेमा जानकारी गराउनेछन्।




 




 

प्रतिक्रिया