मोरङ ,
बैशाख ६
जिल्ला प्रशासन कार्यालय मोरङले
अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन,
र्याली, भेला, प्रदर्शन
गर्न रोक लगाएको छ ।
आज सहायक प्र.जि.अ. प्रदीपकुमार
साहले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि सभा,
सम्मेलन,र्याली, भेला,
प्रदर्शन गर्न रोक लगाइएको बताउनुभएको छ ।
जिल्ला सुरक्षा समितिमा छलफल भै शान्ति सुरक्षाको खतरालाई मध्यनजर राखेर सम्भावित मानवीय क्षति कम गर्न र
सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न यस्तो निर्णय लिइएको सूचनामा उल्लेख छ । अब
मोरङ जिल्लाभर राजनीतिक भेला, सामाजिक भेला, धार्मिक गतिविधि लगायतका कुनै पनि कार्यक्रम गर्न नपाइने सूचनामा उल्लेख छ
।
राम नवमीको दिन हिजो विराटनगर
महानगरको वडा नम्बर १५ र १७ मा दुई वटा समूहको झडप भएको थियो । अवस्था थप बिग्रन
नदिन प्रशासनले आज भेला र प्रदर्शनमा रोक लगाएको हो ।