सुभेष सिनाल
काठमाण्डौं, माघ १६
अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सको पहिलो खेलमा भारतले न्यूजिलैण्डलाई २१४ रनको विशाल अन्तरमा पराजित गरेको छ । टस जितेर पहिले भारतलाई ब्याटिंग गर्न दिएको न्यूजिलैण्डले योजना अनुसारको बलिंग भने गर्न सकेन । निर्धारित ५० ओभरमा भारतले ८ विकेट गुमाएर २९५ रन बनाएको थियो । भारतका लागि मुसेर खानले १३१ रनको सतकिय पारि खेले । यस्तै ओपनर आर्दश सिंहले ५२ रन बनाए ।
२९६ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको न्युजिलैण्ड २९ ओभरमा अल आउट हुदाँ ८१ रन मात्र बनाउन सफल भयो । न्यूजिलैण्डका ४ जना ब्याटर शुन्यमा आउट भए । न्युजिलैण्डका तर्फबाट ओस्कर जेक्सनले सर्वाधिक १९ रन बनाए । न्युजिलैण्डलाई सस्तैमा आउट गर्न सौमे पाण्डेयले ४ विकेट लिए । यस्तै मुसिर खान र राज लिम्बानीले २,२ विकेट लिए ।
पाकिस्तान र आयरलैण्ड विचको खेलमा पाकिस्तान विजयी
यस्तै आज भएको दोस्रो खेलमा पाकिस्तानले आयरलैण्डलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर पहिले फिल्डिंग गरेको पाकिस्तालने आयरलैण्डलाई १८१ रनमा अलआउट गर्न सक्यो । मध्यक्रममा ब्याटिंग गर्न आएका आयरलैण्डका जोन मैक्लिनीले ५३ र हेरी डेयरले ३१ रन बनाउन बाहेक अन्य ब्याटरले रन बनाउन सकेनन् । आयरलैण्डलाई अंकुस लगाउन पाकिस्तानका उवैद शाहले ३ र अमिर हसन, अलि रजा तथा अहमद हसनले समान २,२ विकेट लिए ।
१८२ रनको पछ्याउन मैदानमा उत्रिएको पाकिस्तानको पनि खराब शुरुवात रह्यो । २६ रन बनाउदा २ विकेट गुमाइसकेको पाकिस्तानले सम्हालिएर खेल्दै ६ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो । पाकिस्तानको तर्फबाट सबैभन्दा बढि अमहद हसनले नटआउट ५७ रन बनाए । हेरुन अरसदले २५ र साद बैगले २५ रनको महत्वपूर्ण पारि खेल्दै टिमलाई जित सम्म पुगाएका थिए । आयरलैण्डका हेरी डेयरले ४ विकेट लिए ।