नेपालको भुटानविरुद्ध सानदार जीत

Jhalkonepal

काठमाण्डौ, साउन ३

बंगलादेशको ढाकामा जारी साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपालले भुटानविरुद्ध सानदार जीत निकालेको छ।

शनिबार किङ्स एरिनामा भएको खेलमा नेपालले भुटानलाई ८-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

जारी प्रतियोगितामा नेपाल र भुटान दोस्रो पटक आमनेसामने भएका हुन् । पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलले पराजित गरेको थियो  ।

नेपालको जीतमा पूरणीमा राई र मीना देउवाले ह्याट्रिक गोल गरे भने कुसुम खतिवडा र समीक्षा मगरले १/१ गोल गरे।

नेपाली टोलीले आफ्नो छैटौं तथा अन्तिम खेल सोमबार बंगलादेशसँग खेल्नेछ । जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा नेपालकी पूर्णिमा राई पहिलो स्थानमा छिन् ।

नेपालले यसअघि खेलिएको चारमध्ये तीन खेलमा जीत र एक खेलमा हारको नतिजा निकालेको छ ।

प्रतिक्रिया