कोशीको प्रदेश साभामा गीत गाउदै गृहमन्त्रीको राजीनामा माग

Jhalkonepal

काठमाडौ ,जेठ १४

कोशिको  प्रदेश सभामा पनि गृहमन्त्री रमेश लेखकको राजीनामा माग भएको छ । आज प्रदेश सभाको बैठकमा नेकपा (माओवादी केन्द्र)का प्रदेश सभा सदस्य गोम्बु शेर्पाले गीत गाउदै गृहमन्त्रीको राजीनामा माग गर्नु भयो उहाँले 'भिजिट भिसामा हजुर .. बोलको  गीत गाएर  लेखकको राजीनामा माग गर्नुभएको हो ।

शून्य समयमा बोल्दैका शेर्पाले गीत गाएर भनाइ सुरु गर्नुभयो त्यसपछि उहाले   बेरोजगार युवाबाट त्रिभुवन विमानस्थलमा लाखौँ रकम असुल गर्ने गरिएको दाबी गर्नुुुभयो  । बदनाम र विवादित  व्यक्ति गृहमन्त्री नै भएको आरोप लगाउँदै उहाले  अनुसन्धानमा सहयोग गर्न राजीनामा दिनुपर्ने माग गर्नु भयो  ।


प्रतिक्रिया