कजाकिस्तानमा बिमान दुर्घटना

Jhalkonepal

काठमाण्डौं, पौष १०


कजाकिस्तानको अक्ताउ शहरमा बुधबार यात्रुवाहक विमान दुर्घटना परेको छ । प्रारम्भिक रिपोर्ट अनुसार दुर्घटनामा केही मानिस हताहती भएको बताइएको छ । स्थानीय अधिकारीका अनुसार जहाजमा ६७ जना यात्रु सवार थिए ।


कजाकिस्तानका आपत्कालीन मन्त्रीका अनुसार विमान दुर्घटना भएको स्थानमा पुग्न उद्धार टोलीले प्रयास गरिरहेको छ ।

अन्तराष्ट्रिय समाचार एजेन्सी विविसीका अनुसार  उक्त जहाज काजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बताइएको छ। जहाजमा ६७ जना यात्रुहरू यात्रारत रहेको बताइएको छ।

अजरबैजान एअरलाइन्सको उक्त जहाजतर्फ आकस्मिक सेवाका अधिकारीहरू जाँदै गर्दा त्यसमा आगो लागेको थियो। पछि जहाजमा लागेको आगो निभाइएको छ।

प्रारम्भिक जानकारीअनुसार १२ जना यात्रुहरू बच्न सफल भएका छन्। अजरबैजानको राजधानीबाट चेचन्यातर्फ उडेको उक्त जहाज कुहिरोका कारण काजाकस्तानतर्फ मोडिएको थियो ।

प्रतिक्रिया