४४ हजार क्याप्प्सुल भन्दा बढी लागुऔषध सहित ३ जना पक्राउ
धरान उपमहानगरपालिकाबाट ४४ हजार भन्दा बढि क्याप्सुल लागुऔषध सहित ३ जनालाई प्रहरिले पक्राउ गरेको छ ।
बिहिबार राति धरान-१६ जोरसखुवा बस्ने २४ वर्षीय सुमित भुजेललाई जोरसखुवाबाट हेमराज सुवेदीको कमाण्डमा खटिएको गस्ती टोलीले शंकालागि चेकजाँच गर्दा भुजेलले प्लास्टीको झोलामा बोकी हिडेको लागुऔषध ट्रामाडोल-१ सय (क्याप्सुल), ट्रामानिल- ९०० (क्याप्सुल) र नियन्त्रीत औषधी स्पासपेन-१ हजार (क्याप्सुल) सहित फेलापारी भुजेललाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक दिवस कुवरले जानकारि दिनुभयो ।
त्यसैगरि सोही दिन धरान-८ सिद्धार्थ मार्ग स्थित कुमार खत्रीको घरमा डेरा गरी बस्ने जिल्ला सुनसरी हरीनगर गाउपालिका वडा नं.-४ बस्ने ३१ वर्षिय अरसद अन्सारी र भुटाहा बस्ने ४५ वर्षिय जियाउल अन्सारीले लागुऔषध कारोबार गरिरहेको छन् भन्ने गोप्य सुचनाको आधारमा दुबै जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुको डेराकोठा खानतलासी गर्दा निजहरु बस्ने गरेको उक्त डेरा कोठाको खाटमुनि कालो झोला तथा रातो कालो जेब्रा झोला समेतमा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध ट्रामोल-५० लेखिएको- ४२ हजार छ सय क्याप्सुल फेला परेको हुदाँ उक्त लागुऔषध बरामद गरी निजहरु दुबै जना लाई इलाका प्रहरि कार्यालय धरानमा ल्याइ थप अनुशन्धान भईरहेको जबेगुले बताउनुभयो ।