सल्यान ,असोज २०
सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका(६ निवासी ३१ बर्षिया सुमित्रा सुनार र सल्यान त्रिवेणि गाउँपालिका ६ कि ४० बर्षिया अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
तुलसीपुरबाट सल्यानको जयचौर जादै गरेको ना ६ ख ५४६३ नम्बरको बस दुर्घटना कपुरकोट गाउपालिका ३ मुलपानी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्किले जानकारी दिनुभयो । घाइतेलाईलाइ प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
१९ असोज २०८०, शनिवार ०८:५१ मा प्रकाशित