आइपिएल २०२४ ः दिल्लीद्धारा लखनउ पराजित

Jhalkonepal

काठमाण्डौं, बैशाख १

आइपिएल २०२४ अन्तरगत हिजो राति भएको खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको छ । 

पहिले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर लखनउले १६७ रन बनाएको थियो । १६८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको दिल्लीले १८ औ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । दिल्लीको जितमा जेक फ्रेसरले ५५ रनको महत्वपुर्ण योगदान गरे । यस्तै कप्तान रिशव पन्तले ४१ र पृथ्वी शाहले ३२ रन बनाए । लखनउका रबी विस्नोइले २ विकेट लिए भने नविन उल हक र यस ठाकुरले १,१ विकेट लिए । 

यसअघि लखनउका आयुस बदनोइले नट आउट ५५ र केएल राहुलले ३९ रन बनाएर लखनउलाई सम्मानजनक स्कोर सम्म पुगाएका थिए । म्यान अफ द म्याच घोषित कुलदिप यादवले लखनउका ३ जना ब्याटरलाई आउट गरेका थिए । यस्तै खलिल अहमदले २ र इशान्त शर्मा तथा मुकेश कुमारले १,१ विकेट लिएका थिए । 

जितसगै अंक तालिकामा दिल्लीको ४ अंक भएको छ र अझै नवौ स्थानमा रहेको छ । दिल्ली पछि बेग्लुरु २ अंकका साथ पुछारमा रहेको छ । ८ अंक जोडेको राजस्थान रोयल्यस अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । 


प्रतिक्रिया