सुपर सिक्समा नेपाल बंगलादेश संग पराजित

Jhalkonepal

सुभेष सिनाल 

काठमाण्डौं, माघ १७

आइसीसी अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत सुपर सिक्सको खेलमा नेपाल बंगलादेशसंग ५ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकामा आज भएको खेलमा पहिलो ब्याटिंग गर्दै नेपालले निर्धारित ५० ओभरमा १६९ रन बनाउदा आफ्ना सबै विकेट गुमाएको थियो । खराब शुरुवात गरेको नेपालले आफनो अन्तिम विकेट ५० औ ओभरको पाचौ बलमा गुमाएको थियो । नेपालका तर्फबाट विशाल केसीले ४८ र कप्तान देव खनालले ३५ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन सकेनन् । नेपालले बनाएको १६९ रनमा ३१ रन अतिरिक्त रनको रुपमा पाएको थियो । नेपाललाई दवावमा राखेर बलिंग गर्ने क्रममा बंगलादेशका रोहनात दुल्लाहले ४  र शेख पैभेजले ३ विकेट लिए ।

१७० रनको लक्ष्य पछ्याउन मैदानमा आएको बंगलादेशले आक्रमक शुरुवात गरि नेपाली बलरहरुलाई दबाबमा राखेका थिए । बंगलादेशका जिशन आलमले ५५ र अरिफुल इस्लामले ५९ रनको अर्धसतकिय पारि खेल्दै टिमलाई जित नजिक पुगाएका थिए । नेपालका सुभाष भण्डारीले १२ औ, १४औ, १६ औ, २१ औ र २४ औ ओभरमा गरि ५ विकेट लिए पनि नेपाललाई खेलमा फर्काउन सकेनन् । अफगानिस्तान विरुद्धको खेलमा ५ विकेट लिएर चर्चा कमाएका आकास चन्द आज सबैभन्दा महंगा सावित भए । आकासले ३ ओभरमा ४२ रन खर्चिए । 

नेपालले अर्को खेल अव २ फरवरीमा भारतसंग खेल्ने छ । 


प्रतिक्रिया