आईपिएल : हैदरावादले बैग्लुरुलाई हरायो

Jhalkonepal


काठमाण्डौं, बैशाख ४

आईपिएल २०२४  अन्तरगत हिजो राती भएको खेलमा सनराइजर्स हैदरावाले रोयल च्यालेन्जर्स बैग्लुरुलाई २५ रनले पराजित गरेको छ । टस जितेर बैग्लुरुले हैदरावालाई पहिलो ब्याटिंग गर्ने निम्तो दिए पछि हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २८७ रन बनायो । हैदरावालका ट्रभिस हेडले ४१ बलमा १०२ रनको आक्रमक पारी खेले । यस्तै हेनरिक क्लेशनले ३१ बलमा ६७ र ऐडन मारक्रमले नट आउट ३२ रन बनाउन १७ बल मात्र खर्चे भने अब्दुल सामदले १० बलको सामना गर्दै ३७ रन बनाए । 

बैग्लुरुका लोकी फार्गुसनले २ विकेट लिए भने रेस टोप्लीले १ विकेट लिए । 

२८८ रनको लक्ष्य पछ्याउन मैदानमा आएको बैग्लुरुकालागि छैटौ नम्बरमा आएका दिनेश कार्तिकले ३५ बलको सामना गर्दै ८३ रन बनाए पनि जितको लागि भने प्रयाप्त भएन । बैग्लुरुका विराट कोहलीले ४२, फाफ डुप्लीसीले २८ बलमा ६२ र अनुज रनावतले २५ रन बनाए । 

हैदरावादका पेट कमिन्सले ३, मयंक मार्कन्डेले २ र टी नटराजनले १ विकेट लिए 

जितसंगै हैदरावादले ६ खेलमा ८ अंक जोडेर अंक तालिकाको चौथो स्थान कायम राखेको छ । अंक तालिकाको पहिलो स्थानमा १० अंक जोडेको राजस्थान छ भने ८ अंक जोडेका कोलकत्ता दोस्रो र समान अंकको चेन्नइ तेस्रो स्थानमा छन । 


प्रतिक्रिया