खुकुरी प्रहार गरी एक महिलाको हत्या ,दुई जना गम्भीर

Jhalkonepal
दाङ, असोज ६

दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। दुई जना गम्भीर घाइते भएका छन् ।  दिउँसो साढे २ बजेतिर जिल्लाको तुलसीपुर ११ बेलटाकुरास्थित भगवती टोल बस्ने अन्दाजी ३८,३९ वर्षिय टेक बहादुर हमालले धारिलो हतियार खुकुरी प्रहार  गर्दा तुलसीपुर उपमहानगरपालिका ११ निवासी अन्दाजी ४२, ४३ वर्षिय रिता लामिछानेको घटनास्थलमै  ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिनुभयो । 
आफ्नै घर अगाडि उभिरहेको बेला  घाटीमा एक्कासी  खुकुरी प्रहार गर्दा रिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै सोही ठाउँ बस्ने ४५ वर्षिय बिर बहादुर हमाल र अन्दाजी ६५ वर्षिय कमला कुमारी हमाल गम्भीर घाइते भएका छन् । 
घाइते दुवै जनाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको प्रहरीले बताएको छ । 

साथै प्रहरीले खुकुरी प्रहार गर्ने टेक बहादुर हमाललाई निजकै घरभित्र लुकीछिपी बसेको अवस्थामा खुकुरीसहित पक्राउ गरेको छ । 
खुकुरी किन र के कारणले प्रहार गरेको भन्ने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया