सुभेष सिनाल
काठमाण्डौै, मंसिर २३
१९ वर्ष मुनिका खेलाडीहरुको एसिया कप क्रिकेट प्रतियोतिगा अन्तरगत आज समुह बी को खेल हुदैछ । समुह बीमा रहेको युएई र बंगलादेशका तथा जापान र श्रीलंकाका विच आज खेल हुनेछ । नेपाली समय अनुसार सवा ११ बजे खेल शुरुहुनेछ ।
हिजो भएको समुह ए को खेलमा भारत र पाकिस्तानले जित हात पारेका छन । पाकिस्तानले नेपाललाई तथा भारतले अफगानिस्तानलाई पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेका छन ।
प्रतियोतिगामा नेपालले अव भोली अफगानिस्तानको सामना गर्नेछ भने भोली नै भारत र पाकिस्तान विच पनि खेल हुनेछ ।
दुवै समुहका विजेता तथा उपविजेता सेमिफाइनलमा पुग्नेछन ।
२२ मङ्सिर २०८०, शनिवार ०७:२५ मा प्रकाशित