काठमाडौं, असोज १९
बझाङ भूकम्पपीडितलाई अस्थायी आवास बनाउन सरकारले ५० हजार रुपैयाँका दरले सहयोग दिने भएको छ।
प्रति घरपरिवार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद लगायतले आज बझाङ पुगेर भूकम्पले क्षति पुर्याएका घरहरूको अवलोकन गर्नुभएको हो ।
गत मंगलबार २ पटक आएको भूकम्पले एक जनाको मृत्यु र धेरै घरमा क्षति पुर्याएको थियो।
१८ असोज २०८०, शुक्रबार ०३:५२ मा प्रकाशित