मुगु,
जेठ १९
यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक
लागेर मृत्यु भएको छ ।
पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि
उपचारका लागि मुगु ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय
मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र
प्रहरी जवान तिलक बढुवालले जानकारी दिनुभएको हो । जिल्ला प्रहरी
कार्यालय मुगुका अनुसार दुई जनाको लेक लागेर मृत्यु भएको र एक जना सिकिस्त बिरामी
भएकाे हाे ।
सिकिस्त बिरामी भएका कम्फा गाउँका
राजबहादुर सावतलाई उपचारका निम्ति मुगुपाटनबाट मुगुगाउँतर्फ ल्याउँदै गरेको प्रहरीले
बताए । गत वर्ष
यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु
भएको थियो । मुगुका
२४ भन्दाबढी
क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत
वैशाख २५ गते प्रवेश खुला
गरेको हो ।