काठमाडौँ, माघ १
यु–१९ टि २० महिला विश्वकपको ट्रफी अनावरण
गरिएको छ ।
यु–१९ विश्वकपअघि सहभागी देशका कप्तानहरुले
ट्रफी अनावरण गरेका हुन् ।
प्रतियोगितामा कुल १६ टोली सहभागी रहेका छन्। प्रतियोगिता आगामी १८
जनवरीबाट सुरु हुँदै छ।
प्रतियोगितामा नेपालले १८ जनवरीमा
बंगलादेशसँग खेल्दै विश्व कपको यात्रा सुरु गर्नेछ। त्यसपछि नेपालले जनवरी २० मा
स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्ने छ।
२९ पुस २०८१, मङ्गलबार ०५:१३ मा प्रकाशित