काठमाडौं, बैशाख ९
झापामा सहकारीमा चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ फाखेल घर भएका २१ वर्षीय सुनिल भनिने सन्तबहादुर स्याङ्तान, सोही ठाउँका २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, ३० वर्षीय सोमलाल स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुरगढी गाउँपालिका–७ का २८ वर्षीय अजय राना मगर छन् ।उनीहरूले ३० लाख १६ हजार ६८७ रुपैयाँ बराबरको चोरी गरेको झापा प्रहरीका प्रवक्ता तथा डीएसपी कृष्ण चन्दले बताउनुभयाे ।
८ बैशाख २०८१, आईतबार ०८:३४ मा प्रकाशित