झापा, असोज २७
झापाको दमक नगरपालिका(१ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । असोज २५ गते बिहीबार राती ११ बजे इलाम फाकफोकथुम घर भई दमक(१ मा डेरा गरी बस्दै आएका २२ वर्षीय दिनेश सुनुवारले मादक पदार्थ सेवन गरी २१ बर्षीया सुनिता सुनुवारलाई कुटपिट गर्दा घाइते भएकी सुनिताको दमक अस्पताल दमकमा सामान्य उपचार पश्चात् थप उपचारको लागि नोबेल अस्पताल विराटनगर ल्याइएकोमा उनको उपचारको क्रममा हिजो साँझ मृत्यु भएको हो ।
घटनामा संलग्न रहेका सुनुवारलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
२६ असोज २०८०, शनिवार ११:४१ मा प्रकाशित