चर्च ब्वाइज युनाइटेडले जित्याे छैटौँ झापा गोल्डकपको उपाधि

Jhalkonepal

काठमाण्डौ , फागुन २८ 


सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले छैटौँ झापा गोल्डकपको उपाधि जितेकाे छ ।

बिर्तामाेडकाे डोमालाल रङ्गशालामा आज भएकाे फाइनलमा खेलमा चर्च ब्वाइजले एपीएफलाई ३–० गाेलले हरायाे । पहिलाे हाफमा १ गाेल गरेकाे चर्च ब्वाइजले दाेस्राे हाफमा थप २ गाेल गर्‍याे । चर्च ब्वाइजले खेलकाे ११, ७० र ८६ औँ मिनेटमा गाेल गर्‍याे

याे जितसँगै चर्च ब्वाइझले १३ लाख र उपविजेता बनेकाे एपीएफले सात लाख रुपैयाँ प्राप्त गरेकाे छ । 

प्रतिक्रिया