सुभेष सिनाल
काठमाण्डौं, जेठ २७
टि२० विश्वकप २०२४ क्रिकेट अन्तरगतको सबैभन्दा प्रतिक्षा गरिएको चिरपरिचि प्रतिद्धन्दी भारत पाकिस्तान विचको आज हुदैछ । नेपाली समय अनुसार साँझ सवा ८ बजे शुरु हुने खेललाई विश्वभरिबाट कराडौं समर्थकहरुले हेर्नेछन । एक एक पटक टि२० विश्वकप जितिसकेका पुर्व विश्वच्याम्पियन भएरम मात्र नभइ, दुई देश विचको राजनितिक द्धन्दका कारण यी दुई देश विचको खेललाई दुबै देशमा प्रतिष्ठाको विषय बनाइन्छ । त्यसैले पनि भारत पाकिस्तान विच हुने कुनै पनि खेललाई कुनै पनि हालतमा जित्ने दबाब दुबै देशका टोलीलाई रहन्छ । विश्वकप क्रिकेटको इतिहासमा अहिले सम्म भारतको पक्ष एकतर्फी रहेको छ ।
जारि प्रतियोगितामा एउटै समुहमा रहेका दुबै देशले हाल सम्म एक एक खेल खेलेका छन । जसमा भारतले आयरलैण्डलाई सहजै पराजित गरेको थियो भने पाकिस्तान अनेपिक्षत रुपमा अमेरिका सामु स्तब्ध भएको थियो । सुपर ८ मा पुग्नको लागि पाकिस्तानलाई आज जित्नै पर्ने दबाब बढि हुनेछ । आजको खेल हारेमा पाकिस्तानको सुपर ८ को सम्भावनालाई उसले अरुको नतिजा र चमत्कारको अपेक्षा गर्नु पर्नेछ ।
दुबै देशको पछिल्लो ५ खेलको नतिजाले भारतलाई अगाडी देखाउछ । भारतले आफुले खेलेका पछिल्ला ५ खेल जितेको छ भने पाकिस्तानले पछिल्लो ५ खेलमा ३ खेलमा लगातार हारको सामना गरेको छ ।