आजको सुनको मूल्य कति छ ?

Jhalkonepal

काठमाण्डौ, साउन २१

आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरवाट आएको छ ।

आज प्रतितोला छापावाला सुनको मूल्य एक सय रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९८ हजार ५ सय रहेको थियो । आज मूल्य गिरावट आइ १ लाख ९८ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । आज प्रतितोला चाँदीको मूल्य २५ रुपैयाँले वृद्धि भएको हो । महासंघका अनुसार हिजो प्रतितोला चाँदीको मूल्य २ हजार २ सय ८० रहेको थियो भने आज मूल्य वृद्धि भएर २ हजार ३ सय ५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया