झापामा रोकिराखेको जीपमा स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गयाे

Jhalkonepal

काठमाण्डाै, जेठ २४ 

झापाको मेचीनगरमा रोकिराखेको जीपमा स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा स्कुटर चालक झापाको बुद्धशान्ति गाउँपालिका ५ का २५ वर्षीय लीलाप्रसाद ढुङ्गेल र स्कुटरको पछाडि बस्ने इलामको रोङ गाउँपालिका–५ बहुवनका २९ वर्षीय चेतन रिजानको ज्यान गएको हाे । 

 लोकमार्गमा बिग्रिएर रोकिराखेको को १ च ७२६४ जीपमा मे ७ प ७२८३ नम्बरको स्कुटर ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले जानकारी दिनुभयो । 

प्रतिक्रिया