यु १९ एसिया कपमा आज नेपाल अफगानिस्तानसंग खेल्दै

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, मंसिर २४

१९ वर्ष मुनिको एसिया कप क्रिकेटमा आज नेपाल र अफगानिस्तानको विच खेल हुदैछ । नेपाली समय अनुसार ११ः१५ मा दुबईमा खेल हुनेछ । समुह ए मा रहेका दुबै टोलीले पहिलो खेल गुमाएका छन । सिनियर एकदिवसीय एसिया कपमा राम्रो प्रभाव देखाएको नेपाली टोलीले जुनियरमा भने खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । पहिलो खेलमा नेपाल पाकिस्तानसंग ७ विकेटले पराजित भएको थियो । पहिलो खेलमा नेपालले १५२ रन मात्र जोड्न सकेको थियो । 

अफगानिस्तानले पनि पहिलो खेलमा भारतसंग हार ब्यहोरेको छ । आजको खेलमा जित हात पारे दुबै टोली सेमिफाइनलमा पुग्ने सम्भावनलाई कामय राख्ने छन । नेपालले आफ्नो अन्तिम खेल पर्सी भारतका विरुद्ध खेल्नेछ । यसै गरि अफगानिस्तानले अर्को खेलमा पाकिस्तानको सामना गर्नेछ । 

प्रतियोगितामा आज भारत र पाकिस्तानका विच पनि खेल हुदैछ । यी दुई विच हुने आजको खेल पनि सेमिफाइनलमा स्थान बनाउनको लागि महत्वपूर्ण छ । 

दुई समुहमा ८ टोलीलाई विभाजन गरिएको प्रतियोगितामा दुबै समुहका शिर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन ।


प्रतिक्रिया