काठमाण्डाैं,
जेठ ३०
आईसीसी टी २० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण
रद्द भएको छ ।
यो सँगै दुबै
टोलीले १-१ अंक बाँडेका छन् ।
मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि
हुन नसकी खेल रद्द भएको हो । नेपाली खेलाडीले समर्थकहरूलाई धन्यवाद दिएका छन् ।
नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थीति थियो ।
आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै
रिजरभ डे राखिएको छ । त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुबै टोलीले १-१ अंक
बाँडेका हुन् । जारी विश्वकपमा समूह बी मा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल
मात्रै रद्द भएको थियो । अन्य २२ मध्य २१ खेलको नतिजा आएको थियो ।
नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले
पराजित भएको थियो । उता श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र
बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।
नेपालले अव सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग
शनिबार र सोमबार बंगलादेशसँग खेल्नेछ । समूह डी बाट शीर्ष दुईमा रहँदै सुपर-८ मा
पुग्न बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ । समूह डी मा दक्षिण अफ्रिका सुरुवाती ३
खेलमा ६ अंकका साथ सुपर ८ मा पुगी सकेको छ ।
बंगलादेश र नेदरल्यान्ड्सको समान २ खेलमा १ मा जित र
१ मा हारसहित २-२ अंक छ । नेटरनरेटका कारण बंगलादेश दोस्रो र नेदरल्यान्ड्स तेस्रो
स्थानमा छन् । नेपाल २ खेलमा १ अंकका साथ चौथो स्थानमा छन् । श्रीलंका ३ खेलमा १
अंकका साथ पुछारमा छ ।