नेपालले आयरल्याण्ड्स उल्भ्सलाइ छ विकेटले हरायाे

Jhalkonepal

काठमाण्डौ , चैत १२

 आयरल्याण्ड्स उल्भ्सलाइ हराउदै  टी–२० क्रिकेट नेपालले छ विकेटले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयरल्याण्ड्स उल्भ्सले दिएको एक सय २२ रनको लक्ष्य नेपालले १६ ओभर एक बलमा चार विकेट गुमाएर भेटायो ।

नेपालका कुशल भुर्तेलले नटआउट ३७ र दीपेन्द्रसिँह ऐरीले २० रन बनाए । यस्तै सन्दीप जोराले ३६, आशिफ शेखले १६ र गुल्शन झाले चार रन बनाए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड्स उल्भ्सले २० ओभरमा अलआउट हुँदै एक सय २१ रन बनायो । 

नेपाली टोलीले आयरल्याण्ड ए सँग भोलि अर्को खेल खेल्ने छ । नेपालले आउने टी–२० क्रिकेट विश्वकप र एसिया कप छनोटको तयारी स्वरूप यो मैत्रीपूर्ण खेल खेलिरहेको हो । 

प्रतिक्रिया