विराटनगर, असाेज १५
नेकपा एमाले कोशी प्रदेश कमिटीको अधिवेशनमा नेतृत्व चयनका छनोटका लागि रातभरि मतदान भएको छ । सहमित हुन नसकेपछि मतदान भएको छ ।
आइतबार दिउँसो १२ बजेबाटै मतदान गर्ने भनिएको भए पनि राती १० बजेबाट मतदान सुरु भएको हो । मतगणना आज दिउँसो १ बजेबाट सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ । कुल ९ सय ९७ जना प्रतिनिधि मध्य ९ सय ७७ मत खसेको छ । मतदानमा २० जना प्रतिनिधि सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेशमा अध्यक्षका लागि मोरङको लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।
१४ असोज २०८०, सोमबार ०७:१९ मा प्रकाशित