नेपाल वेष्टइन्डिज ए टि२० सिरिजको पहिलो खेल आज हुदै

Jhalkonepal

काठमाण्डौं, बैशाख १५

नेपालले पहिलो पटक वेष्टइन्डिज विरुद्ध आज टि२० क्रिकेट खेल्दैछ । आइसीसीले टि२० मान्यता प्रदान गरेको यो श्रृखंलाको पहिलो खेलमा आज नेपालले आज वेस्टइन्डिज ए विरुद्ध  खेल्दै छ । ५  खेलको सिरिजका लागि नेपाल आएको वेस्टइन्डिजको टिमसँग त्रिवि क्रिकेट मैदानमा सिरिज खेल्न लागेको हो । खेल सवा १२ बजेदेखि सुरुहुने छ । टी(२० विश्वकप खेल्न लागेको नेपाली टोलीका लागि अभ्यास गर्न यो सिरिज निकै नै महत्वपूर्ण रहेको छ ।  नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु मैदानमा खेलिने श्रृंखलाका लागि टोलि तयार रहेको बताएका छन्। 

नेपालको प्लेइङ ११ : रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल। 


वेस्ट इन्डिज ‘ए’ को प्लेइङ ११: रोस्टन चेज (कप्तान), एलिक एथनाज ९उपकप्तान०, फाबियन एलन, कादिम एलिन, जोशुआ बिशप, केसी कार्टी, जोन्सन चार्लस, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हेडेन वाल्श।

प्रतिक्रिया