चेन्नइले मुम्बईलाई २० रनले हरायो

Jhalkonepal

काठमाण्डौं, बैशाख ३

आईपिएल २०२४ को हिजो राती भएको खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गरेको छ । मुम्बईको गृह मैदान बानखेडे स्टेडियममा मुम्बई इन्डियन्सलाई पराजित गर्नमा नायक बने पुर्व कप्तान महेन्द्रसिंह धोनी र श्रीलंकन बल पाथिरना । चेन्नईको ब्याटिंगमा धोनीले हार्दिक पाण्ड्याको अन्तिम ओभरका अन्तिम ४ बलमा २० रन जोडेका थिए भने पाथिरानाले लयमा आइसकेको मुम्बइका ४ विकेट लिएर खेल चेन्नइको पक्षमा पारेका थिए । 

बान्खेडे स्टेडियममा मुम्बईको लक्ष्य पछ्याउदा जित्ने पुरानो रेकर्डलाई ध्यानमा राख्दै टस जितेर हार्दिक पाण्ड्याले चेन्नइलाई ब्याटिंगको निम्तो दिएका थिए । चेन्नइले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । जसमा कप्तान रितुराज गायकवाडले ६९ र शिभम दुबेले ६६ रन बनाएका थिए । यस्तो रचिन रबिन्द्रले २१ तथा अन्तिम ४ बलमा धोनीले २० रन जोडेका थिए । 

मुम्बइका हार्दिक पाण्ड्याले ३ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए भने श्रेषस गोपाल र गेरार्ड कोट्जेले १,१ विकेट लिए । 

२०५ रनको पछ्याउन मैदानमा उत्रिएको मुम्बइका ओपनर रोहित शर्माले अन्तिम सम्म आउन नभएर ६३ बलको सामना गर्दै १०५ रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । मुम्बइले पहिलो विकेटको लागि ७० रनको साझेदारी गरि ठोष शुरुवात गरे पनि लक्ष्य भेटाउन भने सकेन । मुम्बइको लागि इशान किशानले २३ , तिलक बर्माले ३१ र टिम डेभिडले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन सकेनन्  । मुम्बईका कप्तान हार्दिक पाण्ड्या मात्र २ रन बनाएर आउट भइ पुनः आलोचनाको पात्र बनेका छन । 

चेन्नइको लागि पाथिरानाले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए भने मुस्तफिजुर रहमान र तुसार देशपाण्डेले १,१ विकेट लिए । 

जितसंगै चेन्नईले ६ खेलमा ८ अंक जोडेर अंकतालिकाको तेस्रोे स्थानमा कायम रहेको । ६ खेलमा १० अंक प्राप्त गरेको राजस्थान पहिलो स्थानमा छ भने ५ खेलमा ८ अंक जोडेको कोलकत्ता दोस्रो स्थानमा छ । 


प्रतिक्रिया