अस्ट्रेलिया सुपर ८ मा प्रवेस

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, जेठ २९

टि२० विश्वकप २०२४ को सुपर ८ मा प्रवेस गरेको छ । समुह चरणको तेस्रो खेलमा नामिवियालाई ९ विकेटले पराजित गर्दै अस्ट्रेलिया सुपर ८मा पुग्ने दोस्रो देश बनेको छ । यसअघि दक्षिण अफ्रिका एक खेल अघि नै सुपर ८मा प्रवेस गरिसकेको छ । 

अस्ट्रेलियाले टस जितेर नामिवियालाई पहिले ब्याटिंगको निम्तो दिदै, ७२ रनमा अलआउट गर्यो । अस्ट्रेलियाका एडम जाम्पाले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । यस्तै जोस हेजलवड र मार्कस स्टोनिसले २,२ विकेट लिए भने पेट कमिन्स र नाथन एलिसले१,१ विकेट लिए । नामिवियाका ग्रेहार्ड इरामसले ३६ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन सकेनन् । 

७३ रनको लक्ष्य अस्ट्रेलियाले छैटौं ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । अस्ट्रेलियाका ट्रेभिस हेडले ३४ रन बनाए भने डेभिड वार्नरले २० र मिचेल मार्सले १८ रन बनाए । नामिवियाका डेभिड वीइजेले १ विकेट लिए । 


प्रतिक्रिया