काठमाडौं, भदाै २८
गैरकानुनी धनआर्जन गरी सम्पत्ति
शुद्धीकरण गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो पटक सार्वजनिक पद
धारण गरेका कर्मचारीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ ।
अख्तियारले लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख
ईन्जिनियर सरोज भट्टराईलाई मुख्य अभियुक्त र उनकी आमा जनक नन्दनी भट्टराईलाई
मतियारका रुपमा प्रतिवादी बनाएर १ करोड ८५ लाख रुपैयाँ बिगो कायम गरी हिजो विशेष
अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।
सम्पत्ति
शुद्धीकरण निवारण तथा व्यावसायिक प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न
बनेको ऐनले सम्पत्ति शुद्धीकरण विभागको मुद्दा दायर गर्ने अधिकार जिल्ला सरकारी
वकिल कार्यालयलाई दिएको छ । यो मुद्दा जिल्लामा दर्ता हुने कानुनी व्यवस्था छ ।
यसअघि
विशेष अदालतमा सम्पत्ति शुद्धीकरण विभागले दर्ता गर्ने गरेको थियो । पहिलोपल्ट
अख्तियारले नै यो मुद्दा दायर गरेको हो । भट्टराईले ८० लाख रुपैयाँ रकम घुस लिएको
सम्बन्धी कसुरमा यसअघि नै मुद्दा दायर भएकोमा उनी विशेष अदालतबाट दोषी ठहर भइसकेका
थिए ।
थप
अनुसन्धान गर्दा भट्टराईले कोषको ठेक्कापट्टा लगाउँदा अरु १ करोड ५ लाख रुपैयाँ
पनि घुस वापत लिएर आमाका नाममा जग्गा किनेको भेटिएको अख्तियारले जनाएको छ ।