मोरङ, असोज १५
मोरङको बेलबारी नगरपालिका २ स्थित भलुवा खोलामा डुबेर १ जना बालिकको मृत्यु भएको छ । बेलबारी नगरपालिका ३ घर भई हाल मामा साङ्गे लामा संग बस्दै आएकी ३ बर्षीया बालिका सानी तामाङ खोलामा डुबेर मृत अवस्थामा बालिकालाई फेला परेकी थिइन । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको छ ।
१४ असोज २०८०, सोमबार ०८:२३ मा प्रकाशित