विराटनगर , चैत्र २
विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा स्टाफ नर्सको शव भेटिएको छ ।
विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताउनुभयाे ।
डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएकाे छ ।
सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै अाएकाे खुलेकाे छ । हत्याका सम्बन्धमा अनुसन्धान भइरहेकाे प्रहीले जनाएकाे छ ।
१ चैत २०८०, शुक्रबार ०४:२४ मा प्रकाशित