काठमाडैं , वैशाख ३०
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार
कार्कीले सोमबार विश्वासको मत लिनुहुने भएको छ ।
सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम
खापुङले ३१ वैशाखको विहान ११ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएकाे छ ।
सोमबारको बैठकबाटै विश्वासको मत लिने
तयारी मुख्यमन्त्री कार्कीको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठक
भने नेपाली कांग्रेसले बहिस्कार गर्ने तयारी गरेको छ । मुख्यमन्त्री नियुक्ति
प्रक्रियाको विरुद्ध परेको रिट सर्वाेच्च अदालतमा विचाराधीन रहेको अवस्थामा
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन हतार गरेको भन्दै कांग्रेसले बहिष्कार
गर्ने बताएको हो ।
२९ बैशाख २०८१, आईतबार ०३:०१ मा प्रकाशित